BIZMANDU
www.bizmandu.com

नेप्सेमा नयाँ कम्पनीको रजगज, जनता बैंकको सेयर झर्यो, समिटको माथि चढ्यो

२०६९ साउन ४

नेप्सेमा नयाँ कम्पनीको रजगज, जनता बैंकको सेयर झर्यो, समिटको माथि चढ्यो
नेप्सेमा नयाँ कम्पनीको रजगज, जनता बैंकको सेयर झर्यो, समिटको माथि चढ्यो

काठमाडौं ।  नयाँ आर्थिक वर्षको पहिलो साता सेयर बजारले लगाकिर्ताहरुलाई उत्साहित बनाएको छ । दुई दिनदेखिको वृद्धिलाई नेप्सेले विहिबार पनि कायमै राखेपछि लगानिकर्ताको सप्ताहान्त राम्रो बनेको छ । आब २०६९÷७० को पहिलो तीन दिनमा नेप्से परिसूचक १०. ५४ अंकले उक्लँदै ३९५.४६ अंकमा रहेको छ ।
आर्थिक वर्षको पहिलो दिन दुई साताकै ठुलो गिराबट झेलेको नेप्सेले त्यस पछि तीन दिन भने निरन्तर वृद्धि उन्मुख रह्यो । पहिलो दिन १.६३ प्रतिशतले झरेपछि दोस्रो, तेस्रो र चौथो दिन क्रमशः ०.२९, १.५५ र ०.८७ प्रतिशतले बढदै लगानीकर्ताको विश्वास कायमै राखेको हो ।
विहिबार सात करोड २५ लाख रुपैंया बरारबको सेयर कारोबार भएको छ । जस अनुसार चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी एक करोड दुई लाख, बैंक अफ काठमाण्डौको ८६ लाख र एभरेष्ट बैंकको ८० लाख रुपैंया बराबरको कारोबार भएको छ । विहिबार जनता बैंकको सेयर मूल्य उच्च ८.८८ प्रतिशत (प्रति सेयर १५ रुपैंया)ले घट्यो भने समिट माइक्रोफाइनान्स विकास बैंकको सेयर मूल्य उच्च ९.८८ प्रतिसत (१७ रुपैंया प्रति सेयर)ले बढयो ।
नेप्सेमा यो साता ३६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार सामान्य भन्दा धेरै हो । नेप्सेमा सामान्य अवस्थामा २० देखि २५ करोडको हाराहारीमा कारोबार हुने गरेको छ ।  आईतबार १६ करोड, सोमबार ५ करोड, मंगलबार ४ करोड ८६ लाख, बुधबार ५ करोड र विहिबार ७ करोड २५ लाख रुपैंयाको कारोबार भयो ।

Tata
GBIME
Nepal Life