BIZMANDU
www.bizmandu.com

सर्वोच्चको फैसाला एक सातालाई सर्यो तर दलहरु सरकार गठनमा सहमति नजिक

२०६९ फागुन २४

सर्वोच्चको फैसाला एक सातालाई सर्यो तर दलहरु सरकार गठनमा सहमति नजिक
सर्वोच्चको फैसाला एक सातालाई सर्यो तर दलहरु सरकार गठनमा सहमति नजिक

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने फैसलाको भाखा चैत १ गते राखेकै दिन राजनीतिक दलहरु भने शुक्रवारसम्म सहमति जुटाउने गरी गृहकार्यमा जुटेका छन् । बिहिवार बसेको दलहरुको बैठकले सेनामा समायोजन भएका माओवादी लडाकुको दर्जा निर्धारणबाहेक करिव–करिव सबै विषयमा सहमति जुटाएको छ ।
शुक्रवार बस्ने तीन शीर्ष दल र मधेशी मोर्चाले गठन गरेको कार्यदलले सहमतिको खाका तयार गर्नेछ, कार्यदलले दर्जा निर्धारणमा पनि सहमति जुटाएपछि प्रधानन्यायाधीशलाई सत्ताको साँचो सुम्पने तयारी सुरु हुनेछ । सम्भवत यस्तो सहमतिपछि चैत १ गतेको फैसला अघि नै प्रधानन्यायाधीको नेतृत्वमा सरकार गठन हुनेछ ।
शुक्रवार प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने खालका कुनै पनि निर्णय नगर्न÷नगराउनका लागि अन्तरिम आदेशको माग गर्दै दायर निवेदनमाथिको बहस चैत १ गतेका लागि सारिएको  हो । न्यायाधीशत्रय कल्याण श्रेष्ठ, गिरिशचन्द्रलाल र सुशीला कार्कीको विशेष इजलासले अधिवक्ता ओमप्रकाश अर्यालले रिट जारी गर्न माग गर्दै दायर गरेको  यस्तै प्रकृतिको अर्को निवेदनसँगै राखी आगामी चैत १ गते इजलासमा पेस गर्न आदेश दिएको हो ।      
राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एमाओवादी अध्यक्षलाई विपक्षी बनाई काठमाडौँ महानगरपालिका–३४ निवासी भरत जङ्गमले फागुन ६ गते मुद्धा दायर गरेका थिए ।

Tata
GBIME