BIZMANDU
www.bizmandu.com

मारुतीमा व्यवस्थापक र कर्मचारीवीच झडप, महाप्रवन्धलाई कर्मचारीले जिउँदै जलाए

२०६९ साउन ४

मारुतीमा व्यवस्थापक र कर्मचारीवीच झडप, महाप्रवन्धलाई कर्मचारीले जिउँदै जलाए
मारुतीमा व्यवस्थापक र कर्मचारीवीच झडप, महाप्रवन्धलाई कर्मचारीले जिउँदै जलाए

गुडगाउँ । बुधवार राती मारुतीको गुडगाउँस्थित मानेसर प्लान्टमा कर्मचारी र व्यवस्थापनवीचको विवादमा एक जना महाप्रवन्धकको ज्यान गएको छ । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिएपछि कर्मचारीहरु तोडफोडमा उत्रिएका थिए । उनीहरुले महाप्रवन्धक अवनीश देवको हत्या समेत गरेका थिए । झडपमा कम्तिमा पनि ९० जना घाइते भएका छन् ।
बुधवार राती कर्मचारी र एक जना व्यवस्थापकवीच झडप भएको थियो । त्यसपछि कम्पनीले ती कर्मचारीलाई निलम्वन गर्यो । निलम्वनको सूचना कर्मचारीसँग पुगेपछि उनीहरुले काम रोके । विवाद मिलाउन श्रम अधिकारी र प्रहरी मारुती प्लान्टमा पुग्यो तर सहमति हुन सकेन । बरु उल्टो कर्मचारीर व्यवस्थापकवीच झगडा सुरु भयो ।
कर्मचारीले प्लान्ट भित्र तोडफोड सुरु गरे भने व्यवस्थापकहरुलाई पनि कुटपिट गर्न थाले । घटनापछि पुसिले ४० जना कर्मचारीलाई हिरासतमा लिएको छ । महाप्रवन्धकको हत्याका विषयमा कम्पनीले ८७ कर्मचारी विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ ।
मारुतीको यो कारखानामा कर्मचारी र व्यवस्थापकवीच झडप भएको यो चौथो पटक हो । यही विवादका कारण कम्पनी व्यवस्थापकले यहाँको प्लान्ट गुजरात सार्ने तयारी गरिरहेको छ । यही घट्नाका कारण गुडगाउँका अन्य कम्पनीमा पनि त्रास फैलिएको छ ।

Tata
GBIME
Nepal Life