BIZMANDU
www.bizmandu.com

बजेटको अन्तिम तयारीमा अर्थमन्त्रालय, घरेलु महासंघको मागपत्र अर्थमन्त्रीलाई

२०६९ असार २०

बजेटको अन्तिम तयारीमा अर्थमन्त्रालय, घरेलु महासंघको मागपत्र अर्थमन्त्रीलाई
बजेटको अन्तिम तयारीमा अर्थमन्त्रालय, घरेलु महासंघको मागपत्र अर्थमन्त्रीलाई


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरुको सहमतिमा बजेट ल्याउने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पुनले बजेटका विषयमा सबै दलसँग छलफल भइरहेको दावी गरे ।
अर्थमन्त्री पुनले घरेलु तथा साना उद्यमीहरुको हितलाई लक्षित गरेर बजेटमा विगतका वर्षको तुलनामा यस पटकको बजेटमा नयाँपन दिन लागेको बताए । महासंघले उठाएका उद्यमीहरुको हितका विषयमा अध्ययन गरी बजेटमा समावेश गर्ने आश्वासन पनि उनले दिए ।
महासंघका अध्यक्ष लता प्याकुरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनलाई बुधबार भेट गरी आगामी आर्थिक वर्षको बजेटमा घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासका लागि सुझाव दिएको थियो ।
अध्यक्ष प्याकुरेलले मुलुकको अर्थतन्त्रको विकासका लागि लघु घरेलु तथा साना उद्योगले भूमिका खेलेको हुँदा बजेटमा यस क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन । उनले अर्थमन्त्री पुनलाई राजनीतिक सहमतिका आधारमा बजेट ल्याउँदा विवाद नहुने  बताइन । अध्यक्ष प्याकुरेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका पूर्वअध्यक्ष श्री वासुदेव गिरी, वरिष्ठ उपाध्यक्ष श्री सुरेश प्रधान, उपाध्यक्ष श्री अन्जना ताम्राकार, सचिव श्री चन्दनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्यहरु विष्णु बहादुर लुइँटेल, बिन्दु तिम्सिना, सल्लाहकारहरु डा.पूष्पराज राजकर्णिकार, महेश अग्रवाल, इन्दिरा श्रेष्ठ तथा कार्यकारी निर्देशक हेमकुमार राईको सहभागिता थियो ।

Tata
GBIME
Nepal Life