काठमाडौं । नेपाल टेलिकमको लाभांसको प्रस्तावलाई स्टकले कुनै प्रतिक्रिया दिएन । टेलिकमले बुधवार प्रतिसेयर ४८ रुपैयाँ नगद लाभांस वितरणको प्रस्ताव सार्वजनिक गरेको थियो तर बुधवार नै टेलिकमको सेयर प्रतिकित्ता १ रुपैयाँ तल झरेर प्रतिकित्ता ६४० रुपैयाँमा कारोवार भयो । बैकिङ्ग समूहको सेयरमा सुधार आएपछि नेप्सेमा भने सामान्य सुधार आयो । बैंकिङ्ग समूहको सूचक २.६५ अंकले माथि चढ्दा नेप्से सूचक २.७४ अंकले माथि चढ्यो । विकास बैंक, अन्य र इन्सुरेन्स समूहको सुचकमा सुधार आए पनि कारोवार, जलविद्युत र फाइनान्स समूहको सुचकमा भने सामान्य गिरावट आयो ।
विशाल बजारको सेयर बुधवार पनि ३५ रुपैयाँले झरेर १७२५ मा, विराटलक्ष्मी विकास बैंकको १० रुपैयाँ बढेर १३० र बोटलर्स नेपाल तराईको सेयर २३ रुपैयाँ बढेर १२१३ मा कारोवार भयो । चिलिमेको सेयर १७ रुपैयाँ बढेर ११८५ मा, नागरिक लगानी कोष र हिालयन बैंकको १० रुपैयाँका दरले बढेर क्रमस १४०५ र १६ सयमा कारोवार भयो । जनता बैंको सेयर १३ रुपैयाँ बढेर १९६ मा, लाइफ इन्सुरेन्स कम्पनीको सेयर १९ रुपैयाँ बढेर ९७९ मा, नविल बैंकको २२ रुपैयाँ बढेर १८९० मा, नेपाल बैंकको १० रुपैयाँ घटेर ६६० मा, नेपाल लाइफ इन्सुरेन्सको ३० रुपैयाँ बढेर १९८० मा कारोवार भयो । प्राइम बैंकको सेयर १७ रुपैयाँ बढेर ३४६ मा र युनिलिभर नेपालको सेयर साढे चार सय रुपैयाँ घटेर ९३०० मा कारोवार भयो ।
गौरीशंकरका सेयरधनीलाई लाभांस
गौरिशंकर विकास बैंकले सेयरधनीलाई आठ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृती र साधरणसभाको अनुमोदनपछि लाभांस वितरण गरिनेछ ।