BIZMANDU
www.bizmandu.com

नेपालमा वैदेशिक लगानीको वातावरण बन्यो, व्यवसाय सम्बन्धी पूराना ऐन सुधारलार्इ प्राथमिकता

२०७३ चैत्र १७

नेपालमा वैदेशिक लगानीको वातावरण बन्यो, व्यवसाय सम्बन्धी पूराना ऐन सुधारलार्इ प्राथमिकता
नेपालमा वैदेशिक लगानीको वातावरण बन्यो, व्यवसाय सम्बन्धी पूराना ऐन सुधारलार्इ प्राथमिकता

काठमाडौं।नेपालका लागी अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागी वातावरण बन्दै गएको बताएका छन्।

Tata
GBIME
Nepal Life


उद्योग मन्त्री नवीन्द्रराज जोशीसँग बिहीबार भेट्मा नेपालको विकास प्रयासमा अष्ट्रेलियाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए। नेपालको दार्चुला जिल्लामा उत्पादित अर्गानिक महको विश्वमा राम्रो बजार रहेको बताउँदै त्यसमा लगानी बढाउन उनले सुझाब दिए।
 
भेटमा उद्योग मन्त्री जोशीले लघु उद्यम विकास कार्यक्रममा रहेको अष्ट्रेलिया सरकारको सहयोगको प्रशंसा गरे।मन्त्रालयले ग्रामीण क्षेत्रमा उद्यमशिलता विकास गर्ने उदेश्यले काम थालिसकेको छ।मन्त्रालयले ७० हजार भन्दा बढी उद्यमी तयार पार्ने लक्ष्य लिएको छ।यो कार्यक्रममा अष्ट्रेलिया सरकार र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सहयोग गरेका छन्।
 
उनले लगानी मैत्री वातावरण निर्माणका लागि आवश्यक कतिपय ऐन नियम ल्याईसकेको बताउँदै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नयाँ ऐन अन्तिम चरणमा रहेको बताए।
 
अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा व्यक्त आशयपत्रहरुलाई लगानीमा परिणत गर्न सरकारले विभिन्न समिति बनाएर फलोअप गरिरहेको बताउँदै मन्त्री जोशीले नीतिगत सुधारकालागि प्रयास गरिरहेको बताए।