BIZMANDU
www.bizmandu.com

बजारमा एकैसाथ तीन बैंकका हकप्रद आउँदै, हेरौं कुन कुन बैंकले पाए हकप्रद निष्कासनको अनुमति

२०७३ चैत्र १७

काठमाडौ। बिहीबार नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स र हाम्रो बिकास बैंकले अनुमति पाएका हुन् ।

Tata
GBIME
Nepal Life

सिद्धार्थ डेभलपमेन्ट बैंकले ८५ करोड १५ लाख ६ सय रुपैयाँ बराबरको ८५ लाख १५ हजार ६ कित्ता हकप्रद निष्कासन गर्ने  भएको छ । बैंकले साबिक १० शेयर धनीलाई ६ शेयर हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो। बैंकको हकप्रद नबिल इन्भेस्टमेन्ट मार्फत निष्कासन हुने छ ।  

फस्ट माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १३ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख २५ हजार पाच सय कित्ता हकप्रद निष्कासन गर्नेछ ।कम्पनीको हकप्रद ग्लोबल आईएमई क्यापिटल मार्फत निष्कासन हुने छ ।

हाम्रो विकास बैंकले ३० करोड ५८ लाख ३३ हजार नौ सय रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३९ कित्ता हकप्रद निष्कासनको अनुमति पाएको छ। बैंकले दुई सय प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको हो। साबिक एक शेयरधनीले दुई शेयर हकप्रद आवेदन दिन सक्नेछन् ।बैंकको हकप्रद एनआइबिएल क्यापिटलले निष्कासन गर्ने छ ।