काठमाडौ। साताको अन्तिम दिन शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको सूचक घटेको हो । बिहीबार सूचक ०.५६ अंकले घटेको छ। परिसूचक १५८७.६४ अंकमा ओर्लिएको छ। 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६ अंकले घटेर ३४५.८० अंकमा झरेको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार कारोबार रकम करिब डेढ अर्ब रुपैयाँ पुगेको छ । एकसय ४० कम्पनीको शेयर एक अर्ब ४८ करोडमा रुपैयाँमा खरीद बिक्री भए ।
बिहीबारको कारोबारमा सबै भन्दा बढी सानिमा बैंक, लक्ष्मी बैंकको कारोबार भयो ।बैंकको क्रमस २२ करोड रुपैयाँ र ११ करोड रुपैयाँको कारोबार भयो ।
बिहीबार आठ समूहको कारोबार भएको छ । आठ समूहको कारोबारमा उपसूचकहरु मिश्रित देखिएका छन् । बैंकिंग ३.८, विकास बैंक ५.८१, जलबिद्युत १६.९८, उत्पादनमुलक ११.१ अंकले घटेको छ । होटल ५.५, फाइनान्स ८, बिमा ६९.९३ र अन्य २.०२ अंकले बढेको छ ।
बिहीबारको कारोबारमा सिर्जना फाइनान्सको सबैभन्दा बढी मूल्य बढ्यो। फाइनान्स प्रति कित्ता १० प्रतिशत मूल्य बढेको छ भने सेती फाइनान्सका शेयर धनीले करिब सात प्रतिशत गुमाएका छन् ।