BIZMANDU
www.bizmandu.com

गुराँस लाइफ इन्स्योरेन्सले दिने भयो लाभांश, आठ प्रतिशत बोनस शेयरको घोषणा

२०७३ चैत्र १७

काठमाडौ।गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ। बिहीबार बसेको संचालक समिति बैठकले सो निर्णय गरेको हो।
कम्पनीले आठ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकालागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले घोषणा गरेको उक्त बोनस बीमा समिति र आउँदो साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

कम्पनीको पुस मसान्तसम्म ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।पुस मसान्तसम्म कम्पनीले एक करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।