BIZMANDU
www.bizmandu.com

एनआइसी एशियाले गर्यो सामाजिक उत्तरदायित्व बहन, बालमन्दिरका बालबालिकालार्इ एक बर्ष खाजा दिने

२०७३ चैत्र १६

काठमाडौं। एनआइसी एशिया बैंकले नेपाल बाल संगठनको बाल मन्दिरमा आश्रय लिइरहेका बालबालिकालार्इ आगामी एक वर्षकालागि खाजा उपलब्ध गराउने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले बालमन्दिरमा बालबालिकालार्इ दिउँसोको खाजाको रुपमा दिइने हुने खाद्यपदार्थहरु  एक वर्षसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

बैंकले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत बाल मन्दिरलार्इ सहयोग गरेको जनाएको छ। यसअघि बैंकले विगतका वर्षहरुमा पनि बाल मन्दिरमा आश्रय लिइरहेका बालबालिकाकालागि दिउँसोको खाजा उपलब्ध गराउँदै आएको थियो।