BIZMANDU
www.bizmandu.com

बेलायतले ३० वर्षपछि जारी गर्यो पाउण्डको नयाँ सिक्का, संसारभरकै सुरक्षित सिक्का भएको दावी

२०७३ चैत्र १६

लण्डन। बेलायतले ३० वर्षपछि पाउण्डको नयाँ सिक्का सार्वजनिक प्रचलनमा ल्याएको छ। बेलायती सरकारले  यसलार्इ संसारकै सबैभन्दा सुरक्षित सिक्काका रुपमा जारी गरेको हो। लामो परीक्षण पछि सिक्कालार्इ बजारमा ल्याइएको बताइएको छ।

नयाँ ल्याइएको पाउण्डको सिक्का नक्कल गर्न नसकिने किसिमको सुरक्षित प्रविधिबाट बनाइएको दावी पनि बेलायती सरकारले गरेको  समाचारमा जनाइएको छ।

Tata
GBIME
Nepal Life

पुरानो सिक्काभन्दा केही चौडा रहेको पाउण्डका यि सिक्का वजनमा हलुका छन्।

बेलायती सरकारले यो सिक्कालार्इ तीन वर्षको परीक्षणपछिमात्र बजारमा जारी गरिएको जनाएको छ।

यसलार्इ कुनै पनि भेन्डिङ मेशिनमा राख्दा पनि प्रयोग राम्रोसँग गर्न मिल्ने गरी बनाइएको छ।

१२ कुना भएको यो पाउण्डको सिक्काको विशेषता भनेकै यसबाट नक्कली सिक्का बनाएर बजारमा ल्याउन सकिँदैन।

यस सिक्काको बीचमा होलोग्राम बनाइएको छ साथै यसमा माइक्रो लेटरिङको समेत प्रयोग भएको हुँदा पूर्ण सुरक्षित मानिएको हो।