BIZMANDU
www.bizmandu.com

अपडेट: पाँच प्रतिशतले बढेपछि नेप्सेको कारोबार स्थगित, एक सय ४४ कम्पनीको १ अर्ब ३८ करोडको कारोबार

२०७३ चैत्र १५

अपडेट: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  आधा घण्टाको स्थगनपछि साढे १ बजे खुलेको बजारमा तत्काल पाँच प्रतिशतको बृद्धि देखिएपछि आजको लागि कारोबार स्थगित भएको छ।

Tata
GBIME
Nepal Life

आज १४४ कम्पनीको १ अर्ब ३८ करोडको कारोबार भयो। नेप्से परिसूचक १६१० दशमलव ६२ अंकमा उक्लिएको छ।

यसअघि सेयर बजार सुचक तीन प्रतिशतले बढेपछि १५ मिनेटलाई कारोबार स्थगित गरिएको थियो। नेप्सेमा शेयर कारोबार खुलेको आधा घन्टासमेत नपुग्दै  सूचक तीन प्रतिशतले उक्लिएको थियो।

बजार  खुलेको पहिलो घण्टा तीन प्रतिशतले बढेर १५ मिनेट रोकिएको शेयर बजारमा फेरि ब्रेक लागेको थियो। दोस्रो घण्टा थप एक प्रतिशतले बजार बढेपछि आधा घण्टाका लागि कारोबार रोकिएको थियो।  नेप्से परिसूचक १५९५ अंक माथि पुगेपछि बजार साढे १ मा खुल्ने गरी बन्द भएको थियो।