BIZMANDU
www.bizmandu.com

सर्किट ब्रेकर लागेको शेयर बजारमा यस्तो देखिँदैछ लगानीकर्ताको ‘मुभमेन्ट’, ‘बाइ अर्डर’ बढेकोबढ्यै

२०७३ चैत्र १५

काठमाडौं। स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष भरत रानाभाटले बजार उक्लिन थालेपछि नयाँ लगानीकर्ताको चहल पहल बढेको बताएका छन्। कारोबार खुलेको आधाघण्टा पनि नहुँदै तीन प्रतिशतले बजार बजेर सर्किट ब्रेकर लागेपछि लगानीकर्ताको खरीद आदेश अझ बढेको उनले बताए।

Tata
GBIME
Nepal Life

'चैत लागेदेखि नै बजार उक्लिरहेको थियो' उनले भने, 'निर्वाचनको माहौल बन्दै गएपछि उनीहरु थप उत्साहित देखिएका छन्। त्यही भएर सर्किट ब्रेकर नै लाग्यो।'

उनका अनुसार, लगानीकर्ताहरुले २/३ प्रतिशतमाथि सम्म पनि शेयर किन्न बसेका छन्। बेच्नेहरु पनि छन् तर किन्नेको तुलनामा उनीहरुको संख्या कम छ। नियमित कारोबार गर्नेबाहेकका लगानीकर्ताहरु पनि बजारमा 'बाइ अर्डर' दिइरहेका छन्।

रानाभाटले बढ्न थाल्यो भनेपछि पुरानै प्रबृत्ति अनुसार लगानीकर्ताहरु आकर्षित हुने गरेको बताउँछन्। बैंकहरुले मार्जिन लेन्डिङमा नयाँ ऋण नदिए पनि लिमिट भएकाहरुलाई सजिलै चलाउन दिन थालेपछि पनि लगानीकर्ता बजारमा ओइरिन थालेको उनको अनुमान छ।