BIZMANDU
www.bizmandu.com

एलजी एयरकन्डिसनरको नयाँ भेराइटी बजारमा, ब्यावसायिक प्रयोजनकालागि समेत उत्पादन सुरु

२०७३ चैत्र १४

काठमाडौं। सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले सिंगापुरमा एलजी एयरकन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ।

Tata
GBIME
Nepal Life

कन्क्लेभमा विशेषगरी एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गर्दै भविष्यमा उर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको एलजीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।

एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीमात्र होइन कमर्सियल एयर कन्डिसनरको समेत उत्पादन सुरु गरेको जानकारी दिएको थियो।
सन् १९६८ मा कोरियामा सुरु भएको ब्राण्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी बजारमा ल्याएको जनाएको छ।

नयाँ रेन्जमा आर्ट कुल मोडल समावेश छ जसले आइएफ डिजाइन अवार्ड जितेको छ। यस्तै यसका डिजाइनले रेडहट डिजाइन अवार्ड समेत जित्न सफल भएको एलजीले प्रेस बिज्ञप्तीमा उल्लेख छ।