BIZMANDU
www.bizmandu.com

सात ब्रोकरले खोले छ शहरमा शाखा, थप १८ शहरमा छिटै सञ्चालनमा ल्याउने एसोसिएसनको भनाइ

२०७३ चैत्र १३

काठमाडौँ । आइतबार देखि देशका प्रमुख छ शहरबाट सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका गर्का छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अनुसार ‘रिमोट वर्क स्टेशन’ मार्फत नेपालगञ्जमा दुई एवं बुटवल, नारायणगढ, बनेपा, बिराटनगर र बिर्तामोड बाट एक/एक ब्रोकर कम्पनीले कारोबार सुरु गरेका हुन्। 
 
नेपालगञ्जमा इम्पेरीयल सेक्युरिटिज (४५ नम्बर ब्रोकर) र कालिका सेक्युरिटिज (४६ नम्बर ब्रोकर) शाखा सञ्चालनमा ल्याएका हुन्। बुटवलमा आर्यतारा इन्भेटमेन्ट कम्पनी (५७ नम्बर ब्रोकर), नारायणगढमा शनी सेक्युरिटिज (४२ नम्बर ब्रोकर), बनेपामा  भिजन सेक्युरिटिज (३४ नम्बर ब्रोकर), बिराटनगरमा क्रिस्टल सेकुरुटीज (५० नम्बर ब्रोकर) र विर्तामोडमा श्रीहरि सेक्युरिटिज (५६ नम्बर ब्रोकर )ले शाखा स्थापना गरेका हुन्।
 
यस अघि नौ ब्रोकर कम्पनीले राजधानी बाहिर शाखा स्थापना गरि सकेका थिए। धितोपत्र दलाल ब्यवसायीको बर्षौं देखिको माग एवं स्थानीय तहमा सेवा उपलब्ध होस् भनेर शाखा सञ्चालनमा ल्याएको एसोसिएसनको विज्ञप्तिमा जनाइएको छ। अब छिटै देशका १८ शहरमा बिभिन्न ब्रोकर कम्पनी शाखा खोल्ने पनि जनाइएको छ।
 
नेपाल धितोपत्र बोर्डले तत्काल शाखा विस्तार रोक्न भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निर्देशन बमोजिम ब्रोकर कम्पनीले ‘रिमोट वर्क स्टेशन’ सञ्चालनमा ल्याएका हुन्। 
 
 

Tata
GBIME
Nepal Life