BIZMANDU
www.bizmandu.com

बुटवल पावरले प्रति सेयर ४७० रुपैयाँमा एफपिओ निस्कासन गर्ने, ४० लाख ८१ हजार कित्ता

२०७३ चैत्र १३

काठमाडौ। बुटवल पावर कम्पनीले अतिरिक्त सेयर एफपिओ निस्कासन गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा ३७० रुपैयाँ प्रिमियम थपेयर ४७० रुपैयाँका दरमा सेयर निस्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले आइतबार एफपिओको सुचना नेपाल स्टक एक्सचेञ्जमा दिएको छ। कम्पनीले एक अर्ब ९१ करोड ८० लाख ७० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न चाहेको हो। प्रिमियम मूल्य स्वीकृत भए कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिवो निस्कासन गर्न पाउने छ।

कम्पनीले प्रक्षेपण गरेको र तथा वास्तविक विवरणमा २० प्रतिशत भन्दा बढी हेरफेर भए सार्वजनिक सुचना गर्न जनाएको छ। कम्पनीले पुस मसान्तसम्म १३ करोड नौ लाख आम्दामी गरेको छ।