BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको १:१ हकप्रद अाउँदै, प्रोफेसनलका आवेदकले पनि भर्न पाउने, चैत १८ मा बुकक्लोज

२०७३ चैत्र १३

काठमाडौँ । लक्ष्मी बैंकले एक बराबर एक हकप्रद शेयर निष्कासनकालागि बुक क्लोज मिति तय गरेको छ । बैंकले तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद निष्कासनकालागि चैत १८ गते बुक क्लोज गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

बैंकले तीन अर्ब १५ करोड ९० लाख तीस हजार तीन सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्न लागेको हो ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद दिन लागेको हो। बैंकले यसअघि प्रोफेसनल दियालो विकास बैंकलार्इ प्रति कित्ता ५० रुपैयाँमा खरीद गरेको थियो ।

बैंकले ३८ प्रतिशत बोनस शेयर यस अघिनै घोषणा गरिसकेको छ। उक्त बोनस प्रोफेसनलका शेयरधनी र हकप्रद आवेदकले पनि प्राप्त गर्ने बैंकले जनाएको छ।