BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको सञ्चालकमा प्रतिस्पर्धा सुरु, दोहोर्याउनका लागि पहल, बाहिरबाट को को चर्चामा?

२०७३ चैत्र १३

राष्ट्र बैंकको सञ्चालकमा प्रतिस्पर्धा सुरु, दोहोर्याउनका लागि पहल, बाहिरबाट को को चर्चामा?
राष्ट्र बैंकको सञ्चालकमा प्रतिस्पर्धा सुरु, दोहोर्याउनका लागि पहल, बाहिरबाट को को चर्चामा?

काठमाडौं। नेपाल राष्ट्र बैंकको दुई सञ्चालकको पद चैत २५ गतेबाट रिक्त हुने भएपछि नयाँ नियुक्तिका लागि दौड सुरु भएको छ। दौडमा अवकास हुन लागेका अहिलेकै दुई र नयाँ आकांक्षीहरु देखिएका छन्।

Tata
GBIME
Nepal Life

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सञ्चालकमा डा. श्रीराम पौडेल र डा. रामहरि अर्याल नियुक्त भएका थिए। उनीहरुको कार्यकाल  सकिन अब १२ दिन मात्र बाँकी छ।

डा. पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख आर्थिक सल्लाहकार छन्। अर्याललाई भने औद्योगिक घरानाको बलियो साथ छ।

माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार भएकाले राष्ट्र बैंकको सञ्चालकमा डा. पौडेल दोहोरिन सक्ने अनुमान गरिएको छ। अर्को पदमा भने औद्योगिक घरानाको वलमा अर्याल दोहोरिन चाहेका छन्।

माओवादीका तर्फबाट पहिले नियुक्ति लिएकाले अर्याल कांग्रेसको कोटामा नपर्न सक्छन्। त्यसैले एक पदका लागि अहिले दौड सुरु भएको हो।

सञ्चालकको आकांक्षीका रुपमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका शिवनाथ पाण्डे, अवकास हुन लागेका त्रिलोचन पङ्गेनी पनि देखिएका छन्। बीमा समितिका पूर्वअध्यक्ष डा. फत्तवहादुर केसी, धितोपत्र वोर्डका पूर्वअध्यक्ष डा. सुरवीर पौडेल पनि आकांक्षी देखिएका छन्। महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको पनि नाम चर्चामा छ।

अर्का एक सञ्चालक विकेमान श्रेष्ठको पद पनि अर्को बर्ष खाली हुँदैछ। योग्यता सम्बन्धि मुद्दामा उनलाई सर्वोच्च अदालतले काम गर्न रोकेको छ। राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थसचिव र बाहिरबाट तीन जना सञ्चालक हुन्छन्।