BIZMANDU
www.bizmandu.com

जापानमा फ्लु नियन्त्रण गर्न पौने तीन लाख कुखुरा एकै ठाउँमा थुपारीयो, लाखौ कुखुरा नष्ट

२०७३ चैत्र १२

टोकियो। कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ । सयौँ सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।  
 
देशभरी रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौ कुखुरा नष्ट गरिसकिएको छ ।उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिने भएको छ । 
 
कुखुरा सङ्कलन गरी नष्ट गर्ने टोली झन्डै दुई लाख २० हजार कुखुरा मार्न मियागी क्षेत्रमा जाने अधिकारीले जनाएका छन् । टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा ६८ हजार कुखुरा नष्ट गरिने भएको छ ।  
 
“स्थानीय सरकारको आग्रहमा ‘सेल्फ डिफेन्स फोर्स’ले कुखुरा भएका ठाउँहरुको खोजी गरी कुखुरा र अण्डा सङकलन र नष्ट गर्ने कार्य गर्ने भएको छ ।  कुखुरा मार्नका लागि रक्षा मन्त्रालयले ३७० ओटा समुह ती क्षेत्रमा पठाएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । 
 

Tata
GBIME
Nepal Life