BIZMANDU
www.bizmandu.com

६५ बर्षकी ‘मोडल’ जसले कहिल्यै मोडलिङ गरिनन्, तर पनि ‘एड-मार्केट’मा अझै छाइरहेकी छिन्

२०७३ चैत्र १२

६५ बर्षकी ‘मोडल’ जसले कहिल्यै मोडलिङ गरिनन्, तर पनि ‘एड-मार्केट’मा अझै छाइरहेकी छिन्
६५ बर्षकी ‘मोडल’ जसले कहिल्यै मोडलिङ गरिनन्, तर पनि ‘एड-मार्केट’मा अझै छाइरहेकी छिन्

नयाँदिल्ली। भारतीय बिस्कुट कम्पनी पार्ले-जी नेपाली बजारमा नौलो नाम होइन। ५६ बर्षअघि भारतमा उत्पादन सुरु भएको पार्ले-जी ब्राण्ड छिमेकी देश नेपालमा पनि त्यस लगत्तै भित्रिएको थियो।

Tata
GBIME
Nepal Life

नेपाली बजारमा पनि फेमिलिएर ब्राण्ड पार्ले-जीको खोलमा एउटी बालिकाको तस्विर छ। बिस्कुटको खोलमा देखिने ति  बालिकाको अबोध अनुहार पछाडिको रोचक कहानी भने कमैलार्इ मात्र थाहा छ। 

सन् १९६० मा पार्ले-जी बिस्कुट भारतमा पहिलोपटक लन्च भएको थियो।

त्यस बिस्कुटको खोलमा प्रयोग भएको बच्चाको तस्विर कुनै एनिमेसन वा स्केच थिएन। त्यो र यौटी चार वर्षकी बालिकाको तस्विर थियो जुन उनका बाबुले खिचेका थिए।

उनका बाबु कुनै ब्यावसायिक फोटोग्राफर थिएनन्। बालसुलभ चन्चलताले भरिएकी चार बर्ष तीन महिना पुगेकी छोरीको  बिभिन्न हाउभाउ उनले तस्विरमा कैद गरेका थिए।

पार्ले-जी कम्पनीले त्यसैमध्येको एक तस्विर बिस्कुटको खोलका लागि छनौट गर्यो र आजसम्म पनि त्यहि तस्विर प्रयोगमा छ।


थाहै नपाइ मोडल बनेकी ती बालिकाको नाम हो निरु देश पाण्डे । उनी अहिले ६५ बर्षकी भैसकेकी छिन्।

उनी अहिले उनी भारतको महाराष्ट्रस्थित नागपुरमा बस्छिन्। थाहै नपाइ खिचिएका तस्विरहरुबाट यति लामो समयसम्म कुनै ब्राण्डको प्रवर्द्धन गरिरहेकी निरु देश पाण्डे भारतको पहिलो बाल मोडल पनि हुन्।

त्यसअघि कुनै पनि भारतीय कम्पनीले बालबालिकालार्इ बिज्ञापनमा प्रयोग गरेको थिएन।

उनी ६५ बर्ष भैसकेकी छिन् तर आजपनि आफ्नो बाल्यकालको अबोध अनुहार बिस्कुटका खोलहरुमा देखिरहेकी छिन्। उनी यस्ती मोडल हुन् जसको तस्विर यति लामो अवधिसम्म कुनै ब्राण्डको लागि प्रयोग भैरहेको छ ।