BIZMANDU
www.bizmandu.com

बुधवार स्थगित माओवादी विस्तारित बैठक सुरु, दुई आयोग गठन

२०६९ साउन ४

बुधवार स्थगित माओवादी विस्तारित बैठक सुरु, दुई आयोग गठन
बुधवार स्थगित माओवादी विस्तारित बैठक सुरु, दुई आयोग गठन


काठमाडौं । बुधवार स्थगित भएको माओवादी विस्तारित बैठक दुई आयोग गठन गर्ने प्रचण्ड प्रस्तावपछि फेरी सुरु भएको छ । माओवादी लडाकुहरुले विहिवार शिविरका लडाकुहरुले अनियमितता गरेको भन्दै बैठकमा विवाद गरेका थिए । विवादपछि स्थगित भएको बैठक विहिवार दिउँसो मात्रै सुरु भएको छ । माओवादीले पूर्व लडाकुको आक्रोस शान्त पार्न माओवादीले दुईवटा आयोग गठन गर्ने भएको छ ।
एउटा आयोगले लडाकु शिविरमा भएको अनियमितता छानविन गर्ने छ भने दोस्रो आयोगले लडाकु समायोजनका विषयमा भएको गल्ती कमजोरी पत्ता लगाउने छ । आयोग गठन गर्न विहिवार बिहान प्रचण्ड निवास लाजिम्पाटमा माओवादी पदाधिकारी बैठक बसेको थियो । माओवादी बैठकले सचिव पोष्टबहादुर बोगटीलाई लडाकु शिविरमा भएको अनियमितता छानविन गर्ने जिम्मा दिएको छ भने लडाडकु समयोजनमा भएका कमजोरीको छानविन गर्ने जिम्मा अमिक सेरचनलाई दिएको छ ।

Tata
GBIME
Nepal Life