BIZMANDU
www.bizmandu.com

कोरियाली ईपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आईएमइ बैंकमा, देशैभरका ९४ शाखाबाट संकलन हुने

२०७३ चैत्र ९

काठमाडौं। यो वर्ष देखि ग्लोबल आईएमइ बैंकको ९४ वटै शाखा कार्यालयबाट ईपिएस कोरियन भाषा परिक्षाको शुल्क संकलन गरिने भएको छ।
 
सबै शाखा कार्यालयबाट शुल्क तिर्न मिल्ने भएको कारण लामो लाईन बस्नु पर्ने समस्याबाट परिक्षार्थीले छुटकारा पाउने बैंकको बिश्वास छ।
 
विगतका वर्षहरुमा निश्चित ठाउँमा काउन्टर खोलेर सेवा दिएकोमा यसपाली देखि सबै शाखाबाट पैसा बुझ्न थालेको बैंकले जनाएको हो। 
 
परिक्षाको आवेदन फारम चैत्र ९-१८ चैत भित्र भरि सक्नु पर्ने छ। बैंकमा शुल्क बुझाएपछि भाषा परिक्षाको आवेदन फाराम अनलाईनबाटै भर्न सकिन्छ। 
 
मासिक एक लाख रुपैयाँ भन्दा बढी कमाई हुने हुँदा कोरियाको रोजगारीमा युवाको ठूलो आकर्षण देखिएको छ। सन् २०१७ का लागि कोरियाले १० हजारभन्दा बढी नेपाली कामदार लैजाने घोषणा गरि सकेको छ।
 

Tata
GBIME
Nepal Life