BIZMANDU
www.bizmandu.com

टेलिकमको सेवा सम्वन्धि कुनै गुनासो छ? अब ग्राहक गुनासो सम्वोधन नगर्ने कर्मचारीलाई कारवाही

२०७३ चैत्र ७

काठमाडौं । नेपाल टेलिकमले ग्राहकका गुनासाको सम्वोधन नगर्ने कर्मचारीलाई कार्वाही गर्ने भएको छ। निरन्तर रुपमा ग्राहक तथा प्रयोगकर्ताबाट सेवाको गुणस्तर सम्वन्धि गुनासो आएपछि टेलिकमले छुट्टै 'कम्प्लेन अडिट' स्थापना गरेको छ।
 
प्रमुख प्राविधिक अधिकृतको संयोजकत्वमा गुनासो सुन्ने कम्प्लेन अडिट बनाइएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। उनले उक्त कमिटीमा टेलिकमका सबै उच्च तहका कर्मचारीको प्रतिनिधित्व रहेको जानकारी दिइन।
 
अब टेलिकमको वेव साइट, फेसवुक तथा ट्वीटरमा सेवा ग्राहीले गरेको गुनासो तत्काले समाधान गर्ने उनले बताइन्। उनका अनुसार जिएसएम मोवाइलका लागि १४८९, ल्याण्डलाइनका लागि १९८ र सिडिएमएमा समस्या देखिएमा १९१ मा डायल गरि गुनासो सुनाउन सकिनेछ।
 
ग्राहकको गुनासो जसले टिप्यो उही अधिकारीले तत्काल सुनुवाइ गर्नु पर्ने राजभण्डारीले बताइन्। गुनासो टिपेर सुनुवाइमा अटेर गरे कारवाहीक भागिदार हुनुपर्ने उनले दावी गरिन्।
 
ग्राहकका धेरैभन्दा धेरै गुनासो सुन्न ग्राहक सेवा केन्द्र समेत विस्तार गर्ने उनले जानकारी दिइन्। 
 
 

Tata
GBIME
Nepal Life