BIZMANDU
www.bizmandu.com

एनबिआइले बैंकिङ सर्टिफिकेट कोर्ष गर्नेलाई दिक्षित गर्यो, १००० बैंकका कर्मचारी परीक्षालाई तयार

२०७३ चैत्र ३

एनबिआइले बैंकिङ सर्टिफिकेट कोर्ष गर्नेलाई दिक्षित गर्यो, १००० बैंकका कर्मचारी परीक्षालाई तयार
एनबिआइले बैंकिङ सर्टिफिकेट कोर्ष गर्नेलाई दिक्षित गर्यो, १००० बैंकका कर्मचारी परीक्षालाई तयार

काठमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युत एनबिआइले नेपालमै पहिलो पेशागत बैंकिङ सर्टिफिकेसन कोर्स लिएकाहरुलाई एक कार्यक्रम आयोजना गरि दिक्षित गरेको छ। दिक्षित परिक्षार्थीलाई राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिबी नेपाले प्रमाणपत्र वितरण गरेका थिए।

Tata
GBIME
Nepal Life

कोर्षअन्तर्गत प्रिन्सिपल अफ बैंकिङ, एकाउन्टिङ एण्ड फाइनान्स फर बैंकर्स एण्ड लिगल एण्ड रेगुलेटरीजस्ता पुस्तकहरु पेशागत बैंकिङ कर्मचारीलाई अध्यायन गराइन्छ।

एनबिआइले बर्षको दुई पटक यस्तो कोर्षको परीक्षा लिने ब्यवस्था गरेको छ। करिव एक हजारभन्दा वढि कर्मचारीले परीक्षाका लागि नाम दर्ता गराएका छन्।

एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले बैंकले आफ्ना कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि कोर्षको निक्कै महत्वपूर्ण भूमिका हुने बताए।