BIZMANDU
www.bizmandu.com

माघयता ४० अर्ब पैसा उठाएर ४२ अर्ब ऋण दिए बैंकले, गत साता भने निक्षेपमा पाँच अर्बको सुधार

२०७३ चैत्र २

माघयता ४० अर्ब पैसा उठाएर ४२ अर्ब ऋण दिए बैंकले,  गत साता भने निक्षेपमा पाँच अर्बको सुधार
माघयता ४० अर्ब पैसा उठाएर ४२ अर्ब ऋण दिए बैंकले, गत साता भने निक्षेपमा पाँच अर्बको सुधार

काठमाडौं। पुस मसान्तयता बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप उठाएर ४२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार, पुस मसान्तका दिन बैकहरुसँग १९ खर्ब सात अर्ब रुपैयाँ निक्षेप थियो।

Tata
GBIME
Nepal Life

अहिले निक्षेप बढेर १९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी पनि १५ खर्ब ९० अर्बबाट बढेर १६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुले निक्षेपको तुलनामा ऋण विस्तार ब्यापक भएपछि पुसयता नै ब्याज दरमा उच्च बृद्धि गर्न थालेका हुन्। दसैंपछि बैंकहरुले ब्याज दरमा सामान्य बृद्धि मात्र गरेका थिए।

पुस लागेपछि भने बैंकहरुले ब्याज दर ४/५ प्रतिशत बिन्दुसम्मले बढाएका हुन्। पछिल्लो एक सातालाई मात्र हेर्दा पनि बैंकहरुले पाँच अर्ब निक्षेप बढाएर दुई अर्ब ऋण दिएका छन्। चार साता यता सबैभन्दा वढि निक्षेप बढेको यसै हप्ता हो।