BIZMANDU
www.bizmandu.com

गोमा एयरको नाम फेरियो, अब समिट एयर, एक महिना भित्रै कानुनी प्रकृया पुरा गरेर नयाँ नाममा ब्रान्डिङ

२०७३ चैत्र १

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक गोमा एयरको नाम परिवर्तन भएको छ। सोमबार सम्पन्न कम्पनीको छैटौँ साधारणसभाले नाम परिवर्तन गरी समिट एयर बनाउने निर्णय गरेको हो।
 
अब कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा नाम परिवर्तनको प्रक्रिया अगाडी  बढाइने कम्पनीका प्रबन्धक रञ्जन भट्टराईले बताए। 
 
'सुरुवातमा कम्पनी रजिष्टार र उद्योगको प्रक्रिया सुरु हुन्छ' भट्टराईले भने 'उद्योगको काम सकिएपछि मन्त्रालय र नेपाल नागरिक उड्ययन प्राधिकरणमा नाम परिवर्तनका लागि निवेदन दिइनेछ।' उनले महिनादिन भित्र सबै काम सकेर गोमालाई समिटको नाममा ब्रान्डिङ सुरु गर्ने जानकारी दिए।
 
गोमा एयरलाइन्स २०६७ फागुनदेखि सञ्चालनमा आएको थियो। दुईवटा जहाजबाट उडान सुरु गरेको गोमाले यसअघि सुर्खेतलाई आधार बनाएर दुर्गम क्षेत्रमा कार्गो उडान गर्दै आएको थियो। 
 
दुई बर्षअघि थप दुईवटा जहाजमार्फत कम्पनीले यात्रुलाई नियमित सेवा दिन थालेका थियो। कम्पनीले हालै मात्र १९ सिट क्षमताको लेट नामका जहाज थप गरी विमान संख्या ६ पुर्याएको छ। अब ताप्लेजुङ, संखुवासभा र भोजपुरमा उडान थप गर्ने कम्पनीको तयारी छ।
 
 
 

Tata
GBIME
Nepal Life