BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकको सिइओमा सुनिल केसी, २७ बर्ष बैंकिङ गरेका केसीले भने ‘अब नाफा मात्र हेर्दैनौं’

२०७३ चैत्र १

एनएमबी बैंकको सिइओमा सुनिल केसी, २७ बर्ष बैंकिङ गरेका केसीले भने ‘अब नाफा मात्र हेर्दैनौं’
एनएमबी बैंकको सिइओमा सुनिल केसी, २७ बर्ष बैंकिङ गरेका केसीले भने ‘अब नाफा मात्र हेर्दैनौं’

काठमाडौं। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त भएका छन्। १७ बर्ष प्रमुख कार्यकारी अधिकृत रहेका उपेन्द्र पौडेलको अवकाससँगै केसी आगामी चार बर्षका लागि नयाँ प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

Tata
GBIME
Nepal Life

केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए। २७ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका हुन्। सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए।

केही बर्षपछि नै उनलाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। बैंकले चार महिनाअघि नै केसीलाई चैत १ गतेबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।

स्नातकसम्म विज्ञान पढेका केसीले पछि एमबिए गरेका हुन्। केसीले अब बैंकलाई 'डिजिटलाइज्ड' गर्दै अगाडि बढाउने बताए। 'हामी सबै हिसाबले पूर्ण छौं। अब भनेको बैंकलाई नेक्स्ट लेभलमा लैजाने हो' केसीले मंगलबार बिजमाण्डूसँग भने, 'टप बैंक बनेर बस्छौं।'

७८ वटा शाखा कार्यालय रहेको एनएमबीले केही शाखा थप गरे पनि मूख्य फोकस डिजिटलाइज्ड गर्ने रहेको जानकारी दिँदै केसीले भने- भ्यालु एड बैंकिङको सुरुवात गरेका छौं। अब यसलाई अगाडि बढाउँछौं।

केसीले भ्युलु एड बैंकिङको माध्यमबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्ने जानकारी दिए। 'अब नाफा मात्र हेरेर हुँदैन' उनले भने, 'समूदायको हित गर्दै देशको आर्थिक अवस्था सुदृढीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी लक्षित गर्छौं।'