BIZMANDU
www.bizmandu.com

अष्ट्रेलियाका अर्वपतीको लगानीमा सय वर्ष पछि बन्ने भो उस्तै स्वरुपमा नयाँ टाईटानिक जहाज

२०६९ फागुन १८

अष्ट्रेलियाका अर्वपतीको लगानीमा सय वर्ष पछि बन्ने भो उस्तै स्वरुपमा नयाँ टाईटानिक जहाज
अष्ट्रेलियाका अर्वपतीको लगानीमा सय वर्ष पछि बन्ने भो उस्तै स्वरुपमा नयाँ टाईटानिक जहाज


न्यूयोर्क । करिव १५ हजार यात्रुहरु बोकेर डुबेको ऐतिहासीक टाईटानिक जहाजकै स्वरुपमा अर्को जहाज बन्ने भएको छ । अष्ट्रेलियाका एक अर्बपति व्यापारीले बनाउन लागेको जहाजको डिजाईनर माक्र्कु कानेर्वा हुन । सन् २०१६ मा यात्राका लागी तयार हुने गरी जहाज निर्माण गर्न लागीएको कार्नर्वाले बताए । आफ्नो जमानामा अत्याधुनिक एवं सुरक्षित मानिएको टाईटानिक झै यो जहाजको नाम पनि टाईटानिक–२ रहने छ ।

कानेर्वाले जहाजलाई विश्वकै सुरक्षीत जहाजको पगरी पनि गुथाईसकेका छन् । उनले टाईटानिक–२ को जत्रो आकारको पृथ्वीमा अर्काे जहाज नहुने दावी समेत गरे । सन् १९१२ मा सामुन्द्रिक बरफमा ठोक्कीएर दुर्घटनाग्रस्त भएको जहाका बारेमा पनि यस्तै खालका दावी थिए । त्यस बखतको दुर्घटनामा हजारौंको ज्यान जानुमा जहाजमा प्रसस्त लाइफबोट नहुनुलाई प्रमुख कारण मानिएको थियो । यो समस्यालाई समाधान गर्न नयाँ जहाजमा प्रशस्त लाईफबोट राखिने छ ।

टाईटानिकको किस्सा मात्रै सुनेका र फिल्ममा मात्रै देखेका आजका पुस्ताका ४० हजार मानिसले नयाँ जहाजमा चढन अहिले नै बुकिङ गरिसकेका छन् । जहाजको ब्लुप्रिन्ट हालै मात्रै न्यूयोर्कमा सार्वजनिक गरिएको थियो । ब्लुप्रीन्ट अनुसार जहाजमा १९९७ को ब्लकबस्टर फिल्म टाईटानिकको जस्तै भब्य हल तथा कोठा हुनेछन् ।

जहाजको पहिलो यात्रा सन् २०१६ को अन्तिम महिनामा हुने बताइएको छ । पहिलो यात्रा पनि पुरानो जहाज दुर्घटना भएको दिन यात्रा सुरु भएको ठाउँ इंगल्याण्डको साउथह्याम्टनबाट नै हुने तय भएको छ ।

Tata
GBIME
NLIC