BIZMANDU
www.bizmandu.com

प्रभु मनी ट्रान्सफर ११ वर्षमा प्रवेश, सेवा अझै गुणस्तरीय बनाउने प्रतिवद्धता

२०६९ साउन ४

प्रभु मनी ट्रान्सफर ११ वर्षमा प्रवेश, सेवा अझै गुणस्तरीय बनाउने प्रतिवद्धता
प्रभु मनी ट्रान्सफर ११ वर्षमा प्रवेश, सेवा अझै गुणस्तरीय बनाउने प्रतिवद्धता


काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा नेपाल भित्राउने प्रभु मनी ट्रान्सफर ११ वर्षमा प्रवेश गरेको  छ । कम्पनीले रेमिट्यान्स नेपालमा वसेका आफन्तको घर आँगनसम्म पुर्याउँदै आएको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा आफ्नो सेवा अझै गुणस्तरीय बनाउने जनाएको छ । सन् २००२ मा स्थापना भएको प्रभुले प्रत्यक्ष रुपमा प्रति महिना १ लाख ३० हजार ग्राहकलाई सेवा दिँदै आएको छ । प्रभु नेपाल भरका १ हजार ७ सयभन्दा वढी सवएजेन्जटबाट सुरक्षित, भरपर्दो र छिटोछरितो  रुपमा सेवा उपलब्ध गराउँदै आएको छ ।
मलेसिया र अमेरिकामा आफ्नै कार्यालय तथा भारत, वंगलादेश, पाकिस्तान, कतार, साउदी अरवमा सम्पर्क कार्यालय खोली त्यहाँ रहेका नेपालीलाई सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले कतार, मलेसिया, साउदी अरव, वहराइन, कुवेत, ओमान, अफगानिस्तान, इराक, वेलायतलगायतका देशबाट एक्सप्रेस मनि सर्भिस, एसबिआइ बैंक, मनिग्राम, क्वाइनस्टार, ओम्नेक्स, ट्रान्सफास्ट, अल राझी बैंक, एजरेमिटबाट पठाएको रकम देशभरका आफ्ना  शाखा तथा एजेन्टबाट सम्वन्धित व्यक्ति तथा परिवारलाई भुक्तानी गर्दै आएको थियो ।

Tata
GBIME
NLIC