BIZMANDU
www.bizmandu.com

बाँकी बैंकमा तरलता अभाव भएका बेला राष्ट्रिय वाणिज्य बैंकमा पैसा फालाफाल, रिभर्स रिपोको माग

२०६९ फागुन १८

बाँकी बैंकमा तरलता अभाव भएका बेला राष्ट्रिय वाणिज्य बैंकमा पैसा फालाफाल, रिभर्स रिपोको माग
बाँकी बैंकमा तरलता अभाव भएका बेला राष्ट्रिय वाणिज्य बैंकमा पैसा फालाफाल, रिभर्स रिपोको माग


काठमाडौं । तरलता अभाव भएर अधिकांस बैंकहरुल सरकारी ऋणपत्रको धितो (रिपो) मा पैसा उपलब्ध गराउन माग गरिरहेका बेल सरकारी स्वामित्वको एउटा बैंकले भने रिभर्स रिपोको माग गरेको छ । अत्याधिक तरलता भएका कारण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रिभर्स रिपोको माग गरेको हो । रिभर्स रिपोमार्फत राष्ट्र बैंकमा पैसा राखेर व्याज खान पाइन्छ । यसको व्याज भने रिपोको भन्दा केही कम हुन्छ । राष्ट्रिय वाणिज्य बैंकमा दैनिक १० अर्ब रुपैयाँसम्म अन्तर बैंकमा सापटी दिन सक्ने क्षमता भएको प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले बताए । उनले पछिल्लो समय साढे चारदेखि साढे ६ प्रतिशतसम्म अन्तर बैंक सापटी दिइरहेको जानकारी दिए ।
रिभर्स रिपोमार्फत अल्पकालिन रुपमा राष्ट्र बैंकमा पैसा राखिन्छ । राष्ट्र बैंकले विरलै मात्र रिभर्स रिपो कार्यान्वयनमा ल्याउने गरेको छ । बैंकहरुले रिपो जारि गर्न राष्ट्र बैंकसँग आग्रह गरिसकेका छन् । राष्ट्र बैंकले तत्काल रिपो जारि गर्ने संकेत गरेको छैन । कुनै बैंकमा अधिक र कुनै बैंकमा कम भएका कारण अन्तर बैंकबाटै व्यवस्थापन गर्न राष्ट्र बैंकले दवाव दिइरहेको छ । राष्ट्र बैंकले तरलता अभाव हुन थालेको भए निक्षेपको व्याज वढाउन समेत सुझाव दिइसकेको छ । अहिले एभरेष्ट, किस्ट, लक्ष्मी बैंकलगायतले अन्तर बैंकमा सापटी दिइरहेका छन् । सापटी माग्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, हिमालयन बैंक, नबिल बैंकलगायतका छन् ।
 

Tata
GBIME
NLIC