यो अवधिमा पाँचौ पटक बैंक अफ दि इयरको पुरस्कार पाएको छ।राष्ट्र बैंकले तोकेको मितिभन्दा अघिनै आठ अर्ब चुक्ता पूँजी बनाउने निजी क्षेत्रको पहिलो बैंक समेत बन्न सफल भएको छ।
बैंकको ४७ शाखा,दुर्इवटा एक्स्टेन्सन काउन्टर,८४वटा एटिएम मेसिन र ४२वटा शाखारहित संञ्जाल छन्।बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
यो अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी हो।बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड खुद नाफा कमाएको छ।बैंकको दोस्रो त्रैमासिकसम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड रुपैयाँ छ भने शेयरधनी कोषमा १८ अर्ब रुपैयाँ भन्दा बढी भएर निजी बैंकमध्ये सर्वाधिक पूँजी भएको बैंक बनेको छ।बैंकको पूँजी पर्याप्तता अनुपात १४ दशमलब २८ प्रतिशत छ भने निस्क्रिय कर्जा शुन्य दशमलब ७० प्रतिशत छ।