BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको साधारण सभा ९ चैतमा, २१ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव

२०७३ फागुन १५

काठमाडौँ । कुमारी बैंकले ९ चैतमा १६ औँ साधारणसभा गर्ने भएको छ। यसका लागि २० फागुनमा बुक क्लोज हुने बैंकले जनाएको छ। 
 
साधारण सभामा बैंकले २१ प्रतिशत बोनस शेयर पारितको प्रस्ताव राख्नेछ। साथै ५० प्रतिशत हकप्रद शेयर निस्कासनको निर्णय पनि बैठकको एजेन्डा छ। 
१९ फागुनसम्म दोस्रो बजार बाट शेयर खरीद गर्नेले यो बोनस र हकप्रद पाउनेछन्। 
 
बैंकले पुस मसान्तसम्म २७ करोड खुद मुनाफा गरेको छ। बैंकको हाल चुक्ता पूँजी दुई अर्ब ६९ करोड रहेको छ। २१ प्रतिशत बोनश र ५० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पूँजी चार अर्ब ६१ अर्ब नाघ्नेछ।      
 

Tata
GBIME
Nepal Life