BIZMANDU
www.bizmandu.com

महाप्रसाद अधिकारीलाई लगानी वोर्डमा किन भइरहेको छ सकस? भने- राष्ट्र बैंकमा राम्रो सिस्टम छ

२०७३ फागुन १५

महाप्रसाद अधिकारीलाई लगानी वोर्डमा किन भइरहेको छ सकस? भने- राष्ट्र बैंकमा राम्रो सिस्टम छ
महाप्रसाद अधिकारीलाई लगानी वोर्डमा किन भइरहेको छ सकस? भने- राष्ट्र बैंकमा राम्रो सिस्टम छ

काठमाडौं। राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी अहिले लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत छन्। राष्ट्र बैकको सिस्टममा बसेर ३० बर्षसम्म काम गरेका अधिकारीलाई अहिले लगानी वोर्डमा भने निक्कै सकस भइरहेको छ।

Tata
GBIME
Nepal Life

उनले लगानी वोर्डको संरचनामा बसेर काम गर्न कसरी अप्ठेरो भइरहेको छ भन्ने अनुभव आज राष्ट्र बैंकको आँगन पुगेर खोले। एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघको अधिवेशन उद्घाटन कार्यक्रममा अधिकारीलाई सम्मान गर्ने कार्यक्रम थियो।

पूर्व गभर्नर डा. युवराज खतिवडासँगै सम्मानित भएका अधिकारीले मन्तब्यका क्रममा भने- मलाई अहिले फिल (अनुभव) हुन्छ, राष्ट्र बैंकमा काम गर्दा छुट्टै सिस्टम थियो। यहाँ काम गर्ने तौरतरिका धेरै राम्रो थियो।

उनले आफू डेपुटी गभर्नर हुँदा कुनै नयाँ काम नगरेको मात्र कुर्सीको धर्म निभाएको बताए। संघले उनलाई राष्ट्र बैंकमा हुँदा अनुकरणीय योगदान गरेको भन्दै सम्मान गरेको थियो। उनले राष्ट्र बैंकको गरिमा जोगिने गरी काम गर्न कर्मचारीहरुलाई आग्रहसमेत गरे।