BIZMANDU
www.bizmandu.com

एघार करोडमा वीरगञ्जमा मल्टिप्लेक्स बन्दै, वीरगञ्ज मात्रै होइन विहारलार्इ समेत लक्षित

२०७३ फागुन १३

एघार करोडमा वीरगञ्जमा मल्टिप्लेक्स बन्दै, वीरगञ्ज मात्रै होइन विहारलार्इ समेत लक्षित
एघार करोडमा वीरगञ्जमा मल्टिप्लेक्स बन्दै, वीरगञ्ज मात्रै होइन विहारलार्इ समेत लक्षित

वीरगन्ज।एघार करोड लगानीमा वीरगञ्जमा पहिलो मल्टिप्लेक्स हल संचालनमा आउने भएको छ। ए मैक्स मल्टिप्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME
Nepal Life

वैशाखदेखि संचालनमा ल्याउनेगरी हल निर्माणलार्इ तीब्रता दिइएको हलका संचालिका शोभा कुमारीले बतार्इन्।‘हलमा सिट व्यवस्थापन ,रंगरोगन ,साउन्ड सिस्टम,वायरिङ  लगायतका काम भइरहेको छ,’ शोभाले भनिन् ‘चैतको अन्तिम साता हल निर्माण सकिन्छ।’उनले वीरगञ्ज मात्रै नभएर विहारका दर्शकलार्इ समेत लक्षित गरेर मल्टिप्लेक्स निर्माण गरेको बतार्इन्।वीरगञ्ज आसपासका दर्शक सिनेमा हेर्न हेटौंडासम्म पुग्थे।
 

 पुर्ण वातानुकुलित हलमा तीन सय सिटको ‘बडे मिया’ र एक सय ५० सिटको ‘छोटे मिया’ गरी दुई सिनेमा घर बन्नेछ । ४५ वर्ग फिटको क्षेत्रफलमा निर्माण भएको हलको भुइतल्लामा पार्किङ सुविधा तथा दोस्रो र तेस्रो तल्लामा हल हुनेछ।

 
  बडे मियामा डिसी र बाल्कोनी गरी दुई श्रेणी छ भने छोटे मियामा डिसी एउटै क्लास छ ।दर्शकले बस्ने फोल्डिङ सिट पुस ब्याक किसिमको राखिएको छ ।डल्वी डिजीटल ७ दशमलव १ साउन्ड सिस्टम जडान गरिएको सिनेमाको पर्दा थ्रीडी सिल्भर स्क्रीन हुनेछ ।

हलमा हिन्दी ,भोजपुरी ,नेपाली ,अंग्रेजी गरी चार किसिमको चलचित्र मैक्स नेटवर्किग सिस्टमबाट सिनेमा देखाइनेछ ।हलभित्रै पानी ,खाजा लगायतका अत्याधुनिक रेष्टुरेन्ट समेत हुनेछ। टिकट बुकिङको व्यवस्था मोबाइलबाट गर्न सकिने उनले बतार्इन्।सूचना प्रविधि अनुसार उपभोक्तालार्इ हलमा आएर टिकट किन्ने बाध्यता अन्त्य गरिने शोभाले बतार्इन्।

 
   पाँच दशकको अवधिमा वीरगञ्जमा दश वटा हल सञ्चालनमा आए ।तीमध्ये सात वटा बन्द छ।श्रीराम र त्रिमूर्ति हल मात्रै संचालनमा छ। चटाई ,शंकर टाकिज ,विद्या चलचित्र ,अप्सरा ,सत्या ,वैष्णेवी ,दुर्गा गरी सात वटा हल आर्थिक संकटका कारण बन्द भए।घरमै टेलिभिजन र भिसिडी हुन थालेपछि यी हल बन्द भएका हुन्।