BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको एफपिओ र कम्युनिटीको आइपिओ बाँडफाँडको म्याद एक साता थप, २० र २२ गते बाँडफाँड

२०७३ फागुन ११

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) र फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको प्राथमिक शेयर (आइपिओ) बाँडफाँडको समय एक साता बढाइ दिएको छ। 
 
बजारमा तरलता अभाव चर्किए पछि बोर्डले यस अघि नेपाल लाइफलाई ४० दिन र कम्युनिटीलाई ३० दिन भित्र बाँडफाँड सक्न निर्देशन दिएका थियो। नियम अनुसार उनीहरुले बाँडफाँडका लागि क्रमशः ६० र ५० दिन पाउँथे।
 
दुबै कम्पनीका निस्कासन तथा बिक्री प्रबन्धकले छोट्याएको अविधमा बाँडफाँड सम्भव हुन नसक्ने बताएपछि बोर्डले एक साता समय थप गरि दिएको हो।
अब फर्वार्ड कम्युनिटीको आइपिओ २० फागुन र नेपाल लाइफको एफपिओ २२ फागुनमा बाँडफाँड गरि सक्न निर्देशन दिएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए।
 
नेपाल लाइफले १४ सय २५ रुपैयाँका प्रतिकित्ताका दरले ३० लाख ९६ हजार ४२० कित्ता एफपीओ निस्कासन गरेकोमा ५२ अर्बको आवेदन परेको थियो। कम्यूनिटीले ६ लाख कित्ता साधारण शेयर निस्कासन गर्दा समेत झन्डै तीन अर्ब रुपैयाँको आवेदन परेको थियो।
 
 

Tata
GBIME
Nepal Life