BIZMANDU
www.bizmandu.com

भार्गभको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, आजसम्म शेयर किन्नेले हकप्रद आवेदन दिन पाउने

२०७३ फागुन ११

काठमाडौँ । भार्गभ बिकास बैंक को हकप्रद सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ। दोस्रो बजार मार्फत आजसम्मर यो कम्पनी शेयर किन्नेले हकप्रद आवेदन दिन पाउनेछन्।

Tata
GBIME
Nepal Life

बैंकले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत २४ फागुन देखि २८ चैतसम्म १२  करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद शेयर निस्कासन गर्न लागेको छ। 
 

बैंकले गत वर्षको मुनाफा बाट २० प्रतिशत बोनश शेयर दिएको थियो। पुस मसान्तसम्म बैंकले एक करोड ८० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।