BIZMANDU
www.bizmandu.com

नयाँ गाडी किन्न अब ५० प्रतिशत डाउनपेमेन्ट, ओडी लिनुभएको छ भने त्यो पनि घटाउन डेटलाइन

२०७३ फागुन १०

काठमाडौं। नेपाल राष्ट्र बैंकले निजी गाडी खरिदमा प्रदान गरिने ऋणलाई कडाई गरेको छ। मंगलवार मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकले निजी गाडीमा अब मूल्यांकनको ५० प्रतिशत मात्रै ऋण प्रवाह गर्ने व्यवस्था गरेको हो।

यस अघि बैंकले निजी गाडी खरिदमा मूल्यांकनको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए। चालु आर्थिक वर्षको पहिलो छ महिनामा सहज कर्जा पाएपछि गाडीको आयात निक्कै बढेको थियो। 

त्यसैगरी सरकारले ओडी कर्जाको सीमा समेत घटाएको छ। बैंकले यसअघि ओडीमा एक करोड रुपैयाँ ऋण प्रवाह गर्दै आएका थिए। अब ओडीमा बैंकले ७५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्छन्।

केन्द्रिय बैंकले एक करोड रुपैयाँको ओडीलाई २०७४ असार मसान्तसम्म घटाएर ७५ लाख रुपैयाँमा ल्याउन डेटलाईन समेत दिएको छ। 

Tata
GBIME
Nepal Life

(यसबारे थप समाचार अपडेट हुँदैछ।)