BIZMANDU
www.bizmandu.com

चुनाव घोषणाप्रति शेयर बजार सकारात्मक, सामान्य उतारचढाव सहित उकालो लाग्दै बजार

२०७३ फागुन १०

काठमाडौँ । स्थानीय निकायको चुनाव घोषणाप्रति शेयरबजारले सकारात्मक प्रतिक्रिया जनाएको छ। मंगलबार खुलेदेखिनै उकालो लागेको शेयर बजार अहिलेसम्म समान्य उतारचढाव सहित बढिरहेको छ। 
 
खुलेको १२ मिनेटमा झन्डै २० अंकले बढेर १३८५ अंकसम्म पुगेको बजार त्यसपछि केही ओर्लिएको थियो। साढे ११ बजे १३७१ अंकसम्म झरेको बजार फेरि उकालो लाग्यो। त्यसपछिको एक घण्टामा थप ८ अंकले बढेको बजार पौने दुई बजेसम्ममा केही ओर्लिएर १३७६ अंकमा आइपुगेको छ।
 
अहिलेसम्ममा २९ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको एवं सम्हालिएर कारोबार गरिरहेको ब्रोकरहरु बताउँछन्। अहिलेसम्म जलविद्युत र फाइनान्स बाहेक सबै सूचक उकालो लागेका छन्।
 

Tata
GBIME
Nepal Life