BIZMANDU
www.bizmandu.com

चुनाव गर्न कस्सिएका प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, मोर्चालाई साथ लैजाने प्रयास

२०७३ फागुन १०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक डाकेका छन्। निर्वाचनको घोषणालगत्तै मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको र प्रतिपक्षीलाई समेत विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने चेपुवामा परेका प्रधानमन्त्री दाहालले संविधान संशोधन गरेर निर्वाचनको माहोल बनाउन सर्वदीय बैठक डाकेका हुन्।


 
प्रधानमन्त्री प्रचण्डले दिउँसो तीन बजे संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक डाकेका छन्। प्रधानमन्त्रीले डाकेको बैठकमा मधेसी मोर्चाले संविधान संशोधन नगरी चुनाव घोषणाको कारण प्रधानमन्त्रीसँग सोध्ने र संशोधन प्रस्ताव बीचमा रोकिनुको कारणबारे पनि जानकारी माग्ने तयारी गरेको छ।
 
'प्रधानमन्त्रीले डाकेको बैठकमा गएर हामी संशोधन प्रस्ताव संसद्माा रोकिनुको कारण र संविधान संशोधन गरेर मात्र चुनावमा जने यस अघिको समझदारी तोडिनुको कारण सोध्ने छौं,' मोर्चाका नेता तथा तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, 'त्यसैले हाम्रा कुरा प्रस्टसँग सबैलाई सुनाउन पनि हामी सर्वदीय बैठकमा सहभागी हुन्छौ।' उनले सरकारले संशोधन प्रस्ताव संसद्माु लगेर पनि यतिका दिनसम्म रोक्नु तथा संविधान संशोधन अघि नै निर्वाचन घोषणा गर्नुले उसको नियतमै प्रश्न उठेको भन्दै त्यसलाई पनि सर्वदीय बैठकमा छलफलको विषय बनाउने बताए।
 
'सरकारको नियत सफा नदेखेकै कारण मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो,' शुक्लले भने, 'संशोधन प्रस्ताव पारित भयो भने मोर्चा आन्दोलनमा हैन चुनावमा जान चाहन्छ।'
 
प्रतिपक्षी एमालेले भने संविधान संशोधन प्रस्तालाई राष्ट्रघाति भन्दै यसअघि लामो समय संसद् नै अवरुद्ध पारेर प्रस्ताव पेर गर्न रोकेको थियो। मंसिर १४ मा सरकारले संसद्मा  लगेको प्रस्ताव पुस २२ मा मात्र संसद्मा१ पेश भएको थियो। संसद्माा विधेयक पेश हुँदा समेत प्रतिपक्षी एमालेले होहल्ला गरेको थियो। उनसले विगतमा प्रक्रिया अघि बढ्न समेत नदिने घोषणा गरे पनि निर्वाचन घोषणा पछि भने प्रक्रिया अघि बढाउन दिने संकेत दिएको छ। तर विधेयकको पक्षमा भने आफू मतदान नगर्ने बताएको छ।
 
मोर्चालाई विश्वासमा चुनावमा लैजानुपर्ने र प्रतिपक्षीलाई संशोधन प्रस्तावका पक्षमा ल्याउनुपर्ने बाध्यत्मक अवस्थामा रहेका प्रधानमन्त्रीले सर्वदलीय बैठकबाट त्यही आफ्नो बाध्यता बुझाउँदै चुनावमा जाने वातावरण निर्माण गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका हुन्।
 

Tata
GBIME
Nepal Life