BIZMANDU
www.bizmandu.com

चुनाव घोषणाले शेयर बजार कता जाला? सिजापति भन्छन्, लगानीकर्ता संयम भएर लगानी गर्नुपर्छ

२०७३ फागुन १०

काठमाडौं।पछिल्लो केही सातादेखि शेयर बजार उकालोतिर लागेको थियो। बैंकहरुले क्रेडिट क्रन्च भोगिरहेका बेला पनि शेयर बजारमा उकालो लाग्नुको एउटै कारण थियो, स्थानीय तहको निर्वाचनको घोषणा।

Tata
GBIME
Nepal Life

सोमबार राती स्थानीय तहको निर्वाचनको घोषणा समेत भयो। अब शेयर बजारले कता जान्छ? स्रोतका अनुसार पछिल्लो दुर्इ सातादेखि निर्वाचनका कारण देखाएर केही लगानीकर्ताले बजार उचालेका थिए।'तल पुगेका बेला शेयर किनेर निर्वाचन घोषणा हुने बेलामा बढाएर बिक्री गर्ने योजना ती लगानीकर्ता थिए, स्रोतले भन्यो,चुनावको घोषणा भएकाले यो उनीहरुकालागि मौका बन्दैछ।'स्रोतका अनुसार चुनावकै कारण बजार बढ्ने कुनै आधार छैन।
 

'शेयर बढ्नकालागि तरलता,ब्याजदर र बोनस लगायतका विषय महत्वपूर्ण हुन्छन्, एक लगानीकर्ताले भने, अहिले ती सबै कारणहरु 'फेवरेवल' छैनन्।'नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले चुनावको घोषणा भएकै आधारमा शेयर बजारको भबिष्य निर्धारण गर्न नसकिने बताए।
 
'चुनावको घोषणा भएकै आधारमा शेयर बजारको भबिष्यवाणी गर्नु गलत हुन्छ।आज लगानीकर्ताले संयमतापूर्वक लगानी गर्नु उचित हुन्छ, उनले भने,बजारलार्इ दीर्घकालीन रुपमा हेरेर लगानी गर्नु उचित हुन्छ।'