BIZMANDU
www.bizmandu.com

समता माइक्रोफाइनान्सको आइपिओ नपर्नेलाई आज देखि पैसा फिर्ता, पर्नेलाई १० कित्ता शेयर

२०७३ फागुन ९

काठमाडौँ । समता माइक्रोफाइनान्सले प्राथमिक शेयर बाँडफाडमा नपरेका लगानीकर्तालाई सोमबारदेखि पैसा फिर्ता दिन थालेको छ।

Tata
GBIME
Nepal Life

९४ लाख ८० हजार कित्ता शेयर निस्कासन गरेको कम्पनीको बाँडफाँड गत बुधबार भएको थियो।
 

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा पर्नेले १० कित्ता शेयर पाएको निस्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ। १९ देखि २२ पुषसम्म बिक्री गरिएको निस्कासनमा एक अर्ब ८८ करोड रुपैयाँको आवेदन परेको थियो। कुल निस्कासन मध्ये एक हजार ८९६ कित्ता कर्मचारी र चार हजार ७४० कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो।