काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सदस्य स्वर्गीय विजयवावु खत्रीका सुपुत्र वैभव खत्रीको शिक्षाका लागि ग्लोवल आईएमई वैंकले प्रतिवद्धता गरे अनुसार यो वर्ष पनि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सचिवालयमा आयोजित एक कार्यक्रममा ग्लोवल आईएमई बैंकका डिपुटी प्रमुख कार्यकारी अधिकृत योगेश्वर शर्मा ढकालले चेक हस्तान्तरण गर्नुभयो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को समन्वयमा ग्लोवल आईएमई वैंकले स्वर्गीय विजयवावु खत्रीका सुपुत्र वैभव खत्रीको कक्षा १२ सम्मको अध्ययन खर्च दिने प्रतिवद्धता जनाएको छ । सो अनुरुप यो रकम दोस्रो किस्ता हो । खत्रीको २०६७ मंसिरमा सडक दुर्घटनामा परि निधन भएको हो ।