BIZMANDU
www.bizmandu.com

शेयरबजारमा २५ अंकको बृद्धि,राष्ट्रिय बीमा कम्पनी र एनबि इन्स्योरेन्सका शेयरधनीले १०% कमाए

२०७३ फागुन ८

काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उतारचढाबसँगै उपसूचक मिस्रित देखिएका छन्।

Tata
GBIME
Nepal Life

कारोबार खुलेको आधा घन्टामै तीब्र गिरावटसँगै १७ अंक घटेको बजार १३२७ अंक छोएर फर्किएको थियो। पहिलो आधा घण्टा तीब्र गतिमा घटेको बजार दोस्रो आधा घण्टा त्यसै गरी उचालिँदा मध्यान्न १३६१ अंकलाई छुन पुग्यो ।

त्यसपछि बजारले पुन ओरालो गति समात्यो र दिनको एकबजेसम्म बजार लगातार झर्यो ।१३४४ अङ्क छोएर बजार पुन उक्लिदा २५.५० अंकको बढोत्तरी संगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १३६९.३५ अंकमा बन्द भएको छ ।

आजको कारोबारमा नेप्से परिसूचकसंगै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

५.६४ अंकको वृद्धिसंगै सेन्सेटिभ इन्डेक्स २९८.१६ अंकमा उक्लिएको छ । आइतबारको शेयर कारोबारमा कारोबार रकम पनि थोरै बढेको छ । कारोबार रकम संगै शेयर कित्ता कारोबार पनि आज उलेख्य बढेको छ । आज ६६ करोड ६५ लाख रुपैया बराबरका २० लाख कित्ता शेयर खरीद बिक्री भए ।

आज सबैभन्दा बढी बैंक ऑफ काठमाडौँ ,एनएलआइसी र प्रभु बैंकको सबै भन्दा बढी रुपैयाको कारोबार भएको छ । क्रमश: तीन करोड १५ लाख , तीन करोड १२ लाख र दुई करोड ५७ लाख रुपैयाको कारोबार भएको हो ।

उपसूचक मिस्रित देखिएका छन् । आठ समूहको कारोबारमा ६ समूहले कमाएका छन् भने २ समूहले आज गुमाएका छन् । कमाउनेमा बैंक १४.१९ , बिकास बैंक २९.६९ ,जलबिद्युत ५.३६, फाइनान्स २०.८५ , इन्स्योरेन्स २९५.९५ र अन्य २४.५८ अंक बढेका छन् ।

आज होटेल समूहमा १९.२२ र उत्पादनमुलक समूहमा ३.४९ अंकको गिरावट देखिएको छ ।

आज एक सय ४४ कम्पनीको कारोबार हुँदा दुई कम्पनीले १० प्रतिशत र नौ कम्पनीले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी र एनबि इन्स्योरेन्सका शेयरधनीले १० प्रतिशत कमाएका छन् । आज सबैभन्दा बढी दिब्येश्वरी हाईड्रोका शेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।