BIZMANDU
www.bizmandu.com

सवारी साधनका लागि १४२ अर्ब बैंक ऋण, अस्वभाविक बढेकोमा राष्ट्र बैंकको चिन्ता, कसमा कति ऋण?

२०७३ फागुन ६

काठमाडौं। नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप बृद्धि हुन थालेको 'नोट' लेख्दै गर्दा तथ्यांकमा भने ऋण नै बढेको देखाएको छ। राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार निजी क्षेत्रमा गत बर्षको तुलनामा ३२ प्रतिशतले बढि ऋण लगानी गएको छ। यो पुस मसान्त सम्मको विवरण हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले मंसिरसम्मको विवरणमा यस्तो ऋण ३०.४ प्रतिशतले बढेको जनाएको थियो। राष्ट्र बैंकले बर्षभरी ऋणको विस्तार २० प्रतिशतले मात्र गर्ने लक्ष्य राखेको थियो।

बैंकले ओभरड्राफ्ट, शेयर धितो, घरजग्गा र गाडीमा पनि ब्यापक कर्जा विस्तार गरेका छन्। असार मसान्तसम्म एक खर्ब १० अर्ब गाडीमा ऋण दिएका बैंकले पुससम्म आइपुग्दा एक खर्ब ४२ अर्ब ६० करोड रुपैयाँ पुर्याइसकेका छन्।

जबकी साना तथा मझौला उद्योग (एसएमइ) मा कुल कर्जा २.७ प्रतिशत अर्थात ४२ अर्ब ७३ करोड रुपैयाँ मात्र दिएका छन्।