BIZMANDU
www.bizmandu.com

नोटबन्दीले भारतमा आइफोनको बजार सुक्यो, बिक्रीमा ५० प्रतिशतले कमी आएपछि एप्पल स्तब्ध!

२०७३ फागुन २

नोटबन्दीले भारतमा आइफोनको बजार सुक्यो, बिक्रीमा ५० प्रतिशतले कमी आएपछि एप्पल स्तब्ध!
नोटबन्दीले भारतमा आइफोनको बजार सुक्यो, बिक्रीमा ५० प्रतिशतले कमी आएपछि एप्पल स्तब्ध!

कोलकाता । भारतमा ठूलो लगानी र उत्पादन कारखाना खोल्ने योजना अनुसार काम गरिरहेको एप्पल पछिल्लो नतिजाबाट निराश देखिएको छ। ५०० र १००० को नोटमा मोदी सरकारले लगाएको प्रतिबन्धको पछिल्लो शिकार भएको छ एप्पलको आइफोन। नोटबन्दी पछि आइफोन बिक्रीमा निकै कमी आएपछि एप्पलको ‘रेभेन्यू कलेक्सन’ समेत कमजोर देखिएको हो । 
 
अक्टोबर नोभेम्बरमा बम्पर सेल घोषणा गरिएपनि सन् २०१७ को नयाँ वर्षले आइफोनलार्इ  राहत दिन सकेन। पहिलो महिनाको बिक्री नै निराशाजनक देखिएको छ। 
 
भारतमा अनलाइन, रिटेल चेन तथा पसलहरुमा ८० प्रतिशत भन्दा बढी आइफोनको बिक्री नगदमा नै हुने गरेको थियो। तर, नोटबन्दीपछि नगद कारोबारमा लगाम लाग्दा एप्पलको बिक्रीमा ५० प्रतिशतले कमी आएको बजार विश्लेषकले बताएका छन् । 
 
एप्पलले डिसेम्बरमा ८ देखि ९ लाखवटा आइफोन भारत पठाएको अनुमान छ। र, बिक्री बढाउन निकै दवाव आएको रिटेलरहरु बताउँछन्।  
गत वर्षको मे महिनामा एप्पलका सिइओ टिम कुक भारत आउँदा ३० लाख आइफोन बिक्री गर्ने ‘टार्गेट’ दिएका थिए। तर, अब त्यो पूरा हुने संभावना नरहेको विश्लेषकको भनाइ छ। 
 
बजारसँग निराश एप्पलले अक्टोबर सन् २०१६ देखि सेप्टेम्बर २०१७ सम्म ‘रेभेन्यू टारगेट’ भारतमा तीन अर्ब डलरबाट घटाएर २ अर्ब डलरमा झारेको छ।
समग्र बजारमै स्मार्टफोनको बिक्रीमा ३० देखि ३५ प्रतिशतको गिरावट अएको छ। 
 
भारतीय बजारमा उत्पादन सुरु गर्ने महत्वाकांक्षी योजनामाथि काम गरिरहेको एप्पलले यसबारे कुनैपनि प्रतिक्रिया भने सार्वजनिक गरेको छैन ।  
आउँदो मार्चमा नगद कारोबारमा लगाइएको हद केही खुकुलो भएपनि बजार पुरानै अवस्थामा फर्किन लामो समय लाग्ने देखिन्छ। 
 

Tata
GBIME
Nepal Life