BIZMANDU
www.bizmandu.com

१५ % हकप्रदका लागि धितोपत्र बोर्डमा एनआइसी एसियाको आवेदन, चुक्तापूँजी अाठ अर्ब पुर्याउने

२०७३ माघ ११

काठमाडौं। आठ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुरुप एनआइसी एसिया बैंकले १५ प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले ८७ लाख २९ हजार ४ सय ७५ कित्ता  हकप्रद शेयरकालागि आवेदन दिएको हो ।

Tata
GBIME
Nepal Life

यसअघि बैंकले २६ प्रतिशत बोनस पश्चात हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ८१ करोड ९६ लाख छ । १५ प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी करिव ६ अर्ब ७० करोड पुग्ने छ ।

यो आर्थिक बर्षमा २० प्रतिशत बोनस  दिए राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुग्ने छ ।