BIZMANDU
www.bizmandu.com

सूचिकृत संस्थाहरुको वित्तिय विवरण पुरानै ढर्राको, नयाँ नियम पालना गर्न बोर्डको निर्देशन

२०७३ माघ ९

काठमाडाैं। नयाँ धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ जारी भैसक्दा पनि सुचिकृत स‌ंस्थाहरुले त्यस अनुसार वित्तिय बिवरण प्रकाशन नगरेपछि  धितोपत्र बोर्डले बिज्ञप्ति नै जारी गरी अब उप्रान्त नयाँ नियमावली अनुसार गर्न निर्देशन दिएको छ ।

Tata
GBIME
Nepal Life

नयाँ नियमावली अनुसार वित्तिय विवरण प्रकाशन नगरेकोमा अाफ्नाे ध्यानाकर्षण भएको भन्दै बोर्डले बिज्ञप्तिमा नयाँ  नियमावलीलार्इ पालना गर्न निर्देशन दिएको हो ।

नयाँ नियमावली अाइसकेको अवस्थामा पनि धेरै संस्थाहरुले २०६५ कै  नियम अनुसार बित्तिय विवरण प्रकाशित गरिरहेका छन् ।  आज जारी गरेको  बिज्ञप्तिमा भनिएको छ -'अब उप्रान्त वित्तिय बिवरण प्रकाशन गर्दा नयाँ नियम अनुसार गर्न सुचिकृत संस्थालाई जानकारी गराइन्छ ।'

कस्तो छ नियम तल हेर्नुहोस् ।