BIZMANDU
www.bizmandu.com

विद्युत चोरी नियन्त्रणमा कुलमान घिसिङलार्इ प्रहरीको साथ, प्राधिकरणका १६ कर्मचारी प्रक्राउ


काठमाडौं।विद्युत चोरी नियन्त्रणमा प्रहरीले 'मेजर अपरेशन' थालेको छ।नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले थालेको विद्युत चुहावट नियन्त्रणमा प्रहरीले पनि साथ दिँदै अपरेशन थालेको हो।

Tata
GBIME
Nepal Life

यो अपरेशनमा प्रहरीले आइतबार प्राधिकरणका १६ जना कर्मचारीलाई पक्राउ गरेको छ। ग्राहकसँग मिलेर मिटर बिगारेर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो।

 
महाशाखा अधिकारीका अनुसार पक्राउ पर्नेमा हाल बहालवाला र पूर्व दुबै प्रकृतिका कर्मचारी छन्। विद्युतको खपतअनुसारको रकम संकलन नभएपछि कर्मचारी र केही ग्राहकविच मिलेमतो भएको हुनसक्ने आशंकामा प्राधिकरणले प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो।
 
आग्रह अनुसार प्रहरीले अनुसन्धान अगाडि बढाउँदा कर्मचारीले ग्राहकसँग मिलेर विल अनुसारको रकम नलिएको देखिएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको महाशाखाका एक अधिकारीले जानकारी दिए।