BIZMANDU
www.bizmandu.com

एनसेलको सुलभ मूल्यको डेटा प्याकेज, ९ रुपैयाँमा २० एमबि, अढार्इ सय रुपैयाँमा हजार एमबि डेटा

२०७३ माघ ८

एनसेलको सुलभ मूल्यको डेटा प्याकेज, ९ रुपैयाँमा २० एमबि, अढार्इ सय रुपैयाँमा हजार एमबि डेटा
एनसेलको सुलभ मूल्यको डेटा प्याकेज, ९ रुपैयाँमा २० एमबि, अढार्इ सय रुपैयाँमा हजार एमबि डेटा

काठमाडौं। एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नारासहित नयाँ डेटा अफर ल्याएको छ । यो योजना अनुसार एनसेलका सबै ग्राहकहरुले आकर्षक तथा सुलभ मुल्यमा डेटाबाट इन्टरनेट चलाउन पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

आइतबारदेखि लागु हुने यो योजनामा कम्पनीले  भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई पाँचवटा सरल शुल्कमा ल्याएको छ।योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्ये कुनैपनि खरीद गर्न पाउनेछ।
 
कम्पनीका अनुसार अल टाइम डेटा प्याक चाहने ग्राहकले ९ रुपैयाँमा २० एमबि, २० रुपैयाँमा ५० एमबि,एक सय रुपैयाँमा तीन सय एमबि,  डेढ सय रुपैयाँमा पाँच सय एमबि र अढार्इ सय रुपैयाँमा एक हजार एमबि डेटा खरिद गर्न सक्नेछन् । 
 
डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोही मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउने कम्पनीले जनाएको छ।
 
नाइट डेटा प्याक सुचारु गर्नेले ९ रुपैयाँमा ८० एमबि, २० रुपैयाँमा दुर्इ सय एमबि, एक सय रुपैयाँमा १२सय एमबि, डेढ सय रुपैयाँमा दुर्इ हजार एमबि र मात्र अढार्इ सय रुपैयाँमा चार हजार एमबि डेटा पाउने छन् ।
 
कम्पनीका अनुसार डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् । नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबि सम्ममा इन्टरनेट चलाउन पाइने कम्पनीले जनायो।यो शुल्कमा कर जोडिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो प्याकको समयाअवधि एक महिनाको रहनेछ।
 
सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् । ‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ ।,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । 
 

Tata
GBIME
Nepal Life