काठमाडौ । डलर महँगो भएपछि त्यसको असर सुनमा परेको छ । आइतवार पाँच सय रुपैयाँले घटेको सुन सोमबार तोलामा दुई सय रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले छापावाला सुन प्रति तोलाको ५७ हजार दुइ सय रुपैयाँ तोकेको छ । आइतबार सुन तोलामा पाँच सय रुपैयाले घटेर प्रति तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मुल्यमा भने कुनै परिवर्तन भएको छैन । आइतबार चाँदी तोलामा दश रुपैयाँले घटेर प्रतितोलाको एक हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।